TRENDING

आज फेरि थपियो बजारमा १० लाख ५४ हजार कित्ता शेयर, कारोबार कहिले ?

काठमाडौं । बिहीबार शेयर बजारमा १० लाख ५४ हजार कित्ता सेयर थपिएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दुई कम्पनी १० लाख ५४ हजार २३३ कित्ता शेयर सूचीकृत भएको हो ।

बिहीवार समता लघुवित्त वित्तीय संस्था र गुड विल फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । जसमध्ये समता लघुवित्तको ३ लाख ८२ हजार २३३.६० कित्ता र गुडवील फाइनान्सका६ लाख ७२ हजार कित्ता गरी कुल १० लाख ५४ हजार २३३ कित्ता शेयर सूचीकृत भएको हो ।

यी सबै कम्पनीको शेयर हितग्रही खाता आएपछि शेयरधनीले खरिदविक्री गर्न सक्दछन् ।

शेयर सूचीकृत