TRENDING

डेढ अर्बको नयाँ आईपीओ आउने पक्का, कहिलेदेखि ?

काठमाडौं । १ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका गर्नका लागि मध्यभोटेकोशी जलविद्युत् कम्पनीलाई स्वीकृति दिएको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीलाई वैशाख ५ गते १ करोड ५० लाख कित्ता आईपीओ निष्काशनका लागि अनुमति दिएको हो ।धितोपत्र बोर्डको स्वीकृति पछि कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

आईपीओ