TRENDING

अब फेरि आउँदैछ २५ करोड १८ लाख बराबरको नयाँ आईपीओ !

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । कम्पनीलाई २५ करोड १८ लाख २३ हजार रुपैयाँको आईपीओ निष्काशन गर्नका लागि धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले अब २५ लाख १८ हजार २३० कित्ता साधारण आईपीओ जारी गर्नेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

आईपीओ निष्काशनपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार रहेको कम्पनीले जानकारी दिएको छ ।

आईपीओ