TRENDING

२०७८ सालमा आउँदैछ ५ अर्ब ८८ करोड रुपैयाँ बराबरको आईपीओ !

काठमाडौं । भोलिदेखि नयाँ वर्ष २०७८ साल सुरु हुँदैछ । पछिल्लो समयमा पुँजी बजारमा लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ । यसैक्रममा  नयाँ २०७८ सालमा एक दर्जनबढी कम्पनीको आईपी आउने भएको छ ।

२०७८ सालमा विभिन्न १५ कम्पनीको ५ अर्ब ८८ करोड रुपैयाँ बराबरको आईपीओ आउने भएको हो । २०७८ सालमा १५ कम्पनीको ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार ५०० बराबरको ५ करोड ५५ लाख ४२ हजार ६८५ कित्ता आईपीओ आउने तयारीमा रहेको छ ।

यी सबै कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । १५ ओटा कम्पनीमध्ये ११ ओटा जलविद्युत् कम्पनी, दुई ओटा लघुवित्त कम्पनी र दुई ओटा अन्य समूहका कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।

हेर्नुहोस् कुनको कति ?

आईपीओ