TRENDING

फेरि बजारमा थपियो १ करोड ६८ लाख कित्ता शेयर, कारोबार कहिलेदेखि ?

काठमाडौं । सेयर बजारमा पछिल्लो दुई सातामा १ करोड ६८ लाख २४ हजार कित्ता शेयर थपिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चैत ८ गतेदेखि यताको दिनमा विभिन्न वित्तीय कम्पनीको उक्त शेयर सूचीकृत भएको हो ।

यस साता आधा दर्जन वित्तीय कम्पनीको ५८ लाख ६६ हजार कित्ता शेयर थपिएको छ । यो हप्ता एक विकास बैंकसहित चार लघुवित्त र एक फाइनान्स कम्पनीको ५८ लाख ६६ हजार ९३ कित्ता शेयर सूचीकृत भएको हो ।

नेप्सेमा यस साता साहारा विकास बैंक, पोखरा फाइनान्स लिमिटेड, आरएसडीसी लघवित्ति वित्तिय संस्था र एनएमबि लघुवित्तत वित्तिय संस्था, विजय लघुवित्त र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत हो ।

जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया लघुवित्तको रहेको छ । कम्पनीको २५ लाख ९४ हजार ४ सय कित्ता रहेको छ । कम्पनीले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग एकआपसमा मर्जर गरी कायम हुन आएको शेयर सूचीकृत गराएको हो ।

त्यसैगरि साहारा विकास बैंकको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता शेयर सूचीकृत भएको छ । यस्तै,पोखरा फाइनान्सको ४ लाख ५८ हजार ६४० दशमलव ८६ कित्ता, आरएसडीसी लघुवित्तको ६ लाख ४ हजार ३७० दशमलव ४५ कित्ता र एनएमबि लघुवित्त वित्तिय संस्थाको ८ लाख ६१ हजार ८७३ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

त्यसैगरि गत मंगलवार विजय लघुवित्त वित्तीय संस्थाको ४ लाख २५ हजार ६५९ दशमलव ८५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले पुस १९ गतेको साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यस्तै, अघिललो साता शेयर बजारमा १ करोड ९ लाख ५८ हजार ७४३ कित्ता शेयर थपिएको थियो । अघिल्लो साता नेप्सेमा सनराइज बैंक, नेशनल लाइफ इस्योरेन्स कम्पनी, बुटवल पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

जसमध्ये सनराइज बैंकको ५२ लाख १ हजार ३३० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले ५.८० प्रतिशत बोनस शेयर बापतको शेयर सूचीकृत गराएको हो । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख ८२ हजार ६२६.५३ कित्ता बोनस शेयर थपिएको छ । कम्पनीले १० शेयरधनीहरुलाई दिएको १० प्रतिशत बोनस बापतको शेयर सूचीकृत गराएको हो ।

त्यसैगरि यस साता नेप्सेमा बुटवल पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस वापतको २६ लाख ७४ हजार ७८७ कित्ता शेयर सूचीकृत गराएको हो ।

शेयर सूचीकृत