TRENDING

बजारमा फेरि थपियो ५८ लाख ६६ हजार कित्ता शेयर

काठमाडौं । यस साता शेयर बजारमा आधा दर्जन वित्तीय कम्पनीको ५८ लाख ६६ हजार कित्ता शेयर थपिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा यो हप्ता एक विकास बैंकसहित चार लघुवित्त र एक फाइनान्स कम्पनीको ५८ लाख ६६ हजार ९३ कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेमा यस साता साहारा विकास बैंक, पोखरा फाइनान्स लिमिटेड, आरएसडीसी लघवित्ति वित्तिय संस्था र एनएमबि लघुवित्तत वित्तिय संस्था, विजय लघुवित्त र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत हो ।

जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया लघुवित्तको रहेको छ । कम्पनीको २५ लाख ९४ हजार ४ सय कित्ता रहेको छ । कम्पनीले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग एकआपसमा मर्जर गरी कायम हुन आएको शेयर सूचीकृत गराएको हो ।

त्यसैगरि साहारा विकास बैंकको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता शेयर सूचीकृत भएको छ । यस्तै,पोखरा फाइनान्सको ४ लाख ५८ हजार ६४० दशमलव ८६ कित्ता, आरएसडीसी लघुवित्तको ६ लाख ४ हजार ३७० दशमलव ४५ कित्ता र एनएमबि लघुवित्त वित्तिय संस्थाको ८ लाख ६१ हजार ८७३ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

त्यसैगरि गत मंगलवार विजय लघुवित्त वित्तीय संस्थाको ४ लाख २५ हजार ६५९ दशमलव ८५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले पुस १९ गतेको साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

शेयर सूचीकृत