TRENDING

बजारमा फेरी थपियो पाँच करोड ६९ लाख कित्ता शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से मा ५ करोड ६९ लाख ६० हजार कित्ता बोनस शेयर सूचिकृत भएको छ । नेप्सेमा एनएमबि बैंक, नबिल बैंक, ज्योती विकास बैंक, अरुण काबेली पावरको उक्त बोनस शेयर सूचिकृत भएको हो ।

आज बुधबार नबिल बैंकको ३ करोड ३८ लाख २६ हजार ६ सय १६ दशमलब २९ कित्ता र अरुण काबेली पावरको ८ लाख ५६ हजार ५ सय कित्ता बोनस शेयर थपिएको छ । त्यसैगरी एनएमबि बैंकको १ करोड ८७ लाख ८२ हजार ७८ दशमलव ८६ कित्ता र ज्योति विकास बैंकको ३४ लाख ९५ हजार २९३ दशमलव ४४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

यी सबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

शेयर सूचीकृत