काठमाडौं । आज काठमाडौं ३ का राजकुमार लामाको नेतृत्वमा ३० जना युवाहरु नेपाल कम्यूनिष्ट पार्टी ( एकीकृत समाजवादी ) मा प्रवेश गरेका छन् । नेकपा एसको केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनिहरुलाई पार्टीका महासचिव डा. वेदुराम भुसाल र पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले टीका र खादा लगाएर नेकपा एसमा स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पार्टीका महासचिव डा. भुसालले आगामी निर्वाचनमा प्रतिगामीहरूको गठबन्धनलाई परास्त गर्दै अग्रगमनको पक्षधरमा रहेका गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताएका थिए। प्राप्त उपलव्धिको रक्षा गर्दै अगाडि बढेको गठबन्धनलाई विजयी गराउनु अहिलेको प्रमुख दायित्व भएको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई यो चुनाव भविष्यको यात्रा समेत तय गर्ने भएकोले त्यस तर्फ गम्भिर हुन र लाग्न निर्देशन समेत दिएका छन्।
कार्यक्रममा बोल्दै नवप्रवेशी राजकुमार लामाले खोल ओडेका कम्यूनिष्टहरुलाई बेलैमा चिनेर बहिस्कार गरी असली कम्यूनिष्ट पार्टीमा लागेको भन्दै अब सबैले सही कम्यूनिष्ट चिनेर लाग्नुपर्ने बताएका छन् ।
कार्यक्रममा स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसाल ,स्थायी कमिटी सदस्य विश्वनाथ प्याकुरेल,पोलिटव्यूरो सदस्य गोपाल बराल,काठमाडौं ३ निर्वाचन परिचालन समितिका अध्यक्ष बिमल अर्याल लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौँ ३ (१) का प्रदेश अध्यक्ष दिलिप लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव केशव दंगालले गरेका थिए ।
केहि तस्विरहरु-
बागमती प्रदेशबाट थप समाचार
प्रहरीमाथि हातपात, एक जना पक्राउ
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
भारतमा लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु
मातातीर्थमा आजदेखि मेला सुरु
नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
आज बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८