TRENDING

प्रहरीमाथि हातपात, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ थानकोट बसपार्कस्थित डियूटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सर्लाहीको मलंगवा नगरपालिका ६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका ३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा,५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले हातपात गरेपश्चात उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो क्रममा एउटा हेण्ड सेटमा क्षति भएको बताइएको छ ।