TRENDING

मिस वर्ल्ड दिल्लीमा सुरु

काठमाडौं । ७१ औं मिस वर्ल्ड प्रतियोगिता मंगलबारदेखि भारतको राजधानी दिल्लीमा सुरु भएको छ । दिल्लीको अशोक होटलमा आयोजित उद्घाटन समारोहमा ११७ मुलुकका प्रतिस्पर्धी सुन्दरीले आकर्षक पहिरनसहित परिचय दिए ।

सन् २०२२ का विजेताले यो संस्करणमा सहभागिता जनाइरहेका छन् । नेपालको प्रतिनिधित्व गर्दै प्रियंकारानी जोशीले उद्घाटन समारोहमा आफ्नो परिचय दिएकी थिइन् ।
गुन्यूचोलो र छड्के तिलहरि लगाएर नेपाली परम्परागत पोशाकमा सजिएकी प्रियंकाले आफ्नो परिचय दिंदै भनिन्, ‘हेलो, नमस्ते, जोजोलोपा । म प्रियंकारानी जोशी विश्वको ताज र सर्वोच्च शिखर सगरमाथाको भूमिबाट आएकी हुँ ।’