TRENDING

‘दिमाग खराब’ले शनिबार काठमाडौंको हलमा मनायो सय दिन

काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले राजधानीको एक हलमा शनिबार प्रदर्शनको सय दिन पुरा गरेको छ ।

कात्तिक २४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले रञ्जना सिनेप्लेक्समा उक्त उपलब्धि हासिल गरेको हो । तिहार बिदामा रिलिज भएको यो फिल्मले सलमान खान स्टारर ‘टाइगर ३’लाई समेत चुनौति दियो ।

‘टाइगर ३’ खासै नचल्दा ‘दिमाग खराब’ले भने बलियो वर्ड अफ माउथको मद्दतमा राम्रो कमाइ गर्न सक्यो । यो सोसल ड्रामालाई सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले रुचाए ।

यो फिल्म २०८० सालमा १०० दिन मनाउने दोस्रो फिल्म हो । बैशाख १ गते रिलिज भएको ‘जारी’ले पनि उक्त उपलब्धि हासिल गरेको थियो । निर्देशक बस्नेत र यसका कलाकारले सामाजिक संजालबाट फ्यानलाई १०० दिनको अवसरमा धन्यवाद दिएका छन् ।