TRENDING

सोलुखुम्बुको सल्लेरीमा ‘फागुन लागिसक्यो हिउँ परेको छैन’

सोलुखुम्बु । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने, ‘फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै १ के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो रु’ उमेरले ७२ वर्ष पार गरिसकेका उनी मौसममा यस प्रकारको फेरबदल पहिलो पटक अनुभव गरेको बताउँछन् ।

उनले भने, ‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन, यहाँको सबैभन्दा सुन्दर चिज भनेकै सेताम्मे डाँडापाखा र हिमाल हो, खै अब त सबै उराठलाग्दो भएको छ, यहीँ सल्लेरी पनि अब त मरुभूमिजस्तो हुन लागिसक्यो ।’ हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष हिमपात हुनसकेको छैन ।