TRENDING

गायक गायिकालाई मेला महोत्सवको चटारो

काठमाडौं । यतिबेला देशैभरि मेला महोत्सवको सिजन छ । पूर्वदेखि पश्चिम नेपालसम्म महोत्सव आयोजना भइरहेका छन् । यो मेसोमा कलाकारलाई भ्याइनभ्याइ छ । लोकदोहोरी, आधुनिक, पप र हिपहप गायक गायिकालाई मेला महोत्सवको चटारो छ ।

कलाकारले दैनिकजसो सामाजिक सञ्जालबाट मेला महोत्सवका सांगीतिक प्रस्तुतिको तस्वीर पोस्ट गरिरहेका छन् । अहिले चलेका कुनै पनि एक कलाकारले एक महिनासम्म कम्तीमा १५ देखि २० महोत्सवमा सांगीतिक प्रस्तुति दिन्छन् ।