काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ ।
आज दुई सय ९० कम्पनीको ६० लाख १७ हजार तीन सय ९७ कित्ता शेयर ५२ हजार चार सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७५ करोड ४७ लाख ५० हजार सात सय ५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज होटल तथा पर्यटन समूह शून्य दशमलव २५, लगानी समूह शून्य दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह शून्य दशमलव ३७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा जीवन बीमा समूह शून्य दशमलव ८९ र बैङ्किङ समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।
अपर स्याङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ०४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू सात करोड ७७ लाख ६३ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैङ्क प्रमोटर शेयर चार लाख ९७ हजार तीन सय ६९ कित्ता किनबेच भएको छ ।
कर्पोरेटबाट थप समाचार
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
विदेशी मुद्राको विनिमय सञ्चिती रु १६ खर्ब ९६ अर्ब कायम
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै
नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
आज बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सन्तानलाई संस्कार कि सम्पत्ति
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८