TRENDING

म्याग्दीको बेलढुङ्गा जाऔँ सूर्योदय र हिमाल हेर्न

म्याग्दी । उत्तरतिर फर्किएर हेर्दा दन्ते लहर जस्तै सेताम्मे हिमालहरु देखिने । पूर्वतर्फबाट सूर्योदयको रोमाञ्चक दृश्य देख्न पाइने ।

पहाडका थुम्काको सुन्दरता र ग्रामीण बस्तीको सौन्दर्यतालाई धित मरुन्जेल नियाल्न पाइने बेलढुङ्गाको बारेमा थाहा सायद कमैलाई हुनुपर्छ ।

हरियाली वनजङ्गल, फराकिलो डाँडाकाँडा र मनोरम दृश्यावलोकन गर्न सकिने बेलढुङ्गाको बारेमा बयान गरिसाध्य छैन । हिमाललाई नजिकबाट हेर्न, पुस र माघमा हिउँ खेल्न तथा लालीगुराँससँगै फोटो खिचाउन पर्यटकहरु निकै लालायित हुने गर्छन् ।

‍म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली र छिमेकी बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–३, धम्जामा रहेको ओख्लेको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा हिजोआज स्वदेशी पर्यटकहरु भ्रमण गर्ने गन्तव्य बनेको छ ।