TRENDING

दयाहाङ राई र दीया पुनको शीर्ष भूमिकामा रहेको ‘दयारानी’ माघ २६ मा आउने

काठमाडौं । दयाहाङ राई र दीया पुनको शीर्ष भूमिका रहेको सोसल ड्रामा फिल्म ‘दयारानी’को प्रदर्शन मिति तय भएको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्म माघ २६ गते रिलिज हुने जनाएका छन् ।

‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्म निर्माण गरेको बाँसुरी फिल्म्सले ‘दयारानी’ बनाउन माओत्से गुरुङ फिल्म्ससँग सहकार्य गरेको छ । यसअघि यी दुईले ‘पुरानो डुंगा’मा सहकार्य गरेका थिए । कोरोना महामारीअघि तयार भइसकेको ‘दयारानी’को रिलिजमा चार वर्ष ढिलाइ भएको छ ।

यो फिल्मको कथावस्तु गुरुङ संस्कार र संस्कृतिमा आधारित छ । ‘जारी’मा लिम्बू समुदायको विवाह संस्कार दर्शाइएको थियो । ‘कबड्डी’मा दर्शकले थकाली समुदायको जीवनशैली बुझ्न पाएका थिए । रोचक के छ भने यी तीनै फिल्मको केन्द्रमा दयाहाङले अभिनय गरेका छन् ।