TRENDING

पर्यटकको मन जित्ने मुस्ताङको मौलिक संस्कृति

काठमाडौ । मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुुन् ।

मुुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका घरपझोङ गाउँपालिका–५ ठिनीस्थित थकाली सामुुदायिक होमस्टे ृघरबासे का सञ्चालक जुुमा थकालीले बताउनुुभयो ।

“पृथक भूूगोल, मुक्तिनाथ, दामोदरकुुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहाँसिक दरबार मात्र नभएर बस्तीअनुुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ”, उहाँले भन्नुुभयो, “भदौरे, कुमार जात्रा, लामा नाच, थार्तुुङ, तिजी र फागुुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले पर्यटक आकर्षित गर्न तथा बसाई लम्बाउन सहयोग मिलेको छ ।”

ठिनी नजिकै रहेको घरपझोङ गाउँपालिका–५ हुुसरकाङ डाँडास्थित कुुछप तेरङ्गा गुम्बामा शुुक्रबार सकिएको लामा नाच धेक्याप अवलोकन गर्न स्थानीयवासीका साथै स्वदेशी र विदेशी पर्यटकको बाक्लो उपस्थिति थियो । कुुछप तेरङ्गा गुुम्बा संरक्षण समितिका अध्यक्ष कुुलबहादुुर थकालीले लामा नाच अवलोकन गर्न स्थानीयवासीकै हाराहारीमा स्वदेशी, विदेशी पर्यटक र तीर्थयात्री आएका बताउनुुभयो ।

“पहिले पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुुन्थे”, उहाँले भन्नुुभयो, “केही वर्षयता परम्परागत नाच प्रदर्शनी अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।”