TRENDING

आजदेखि ‘परदेशी २’देशभर प्रदर्शनमा

काठमाडौं । ‘परदेशी २’ शुक्रबारदेखि देशव्यापी रिलिज भएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित आईएनआई सिनेमा हलमा फिल्मको विशेष शो आयोजना गरियो ।

कास्ट एण्ड क्रिउसहित फिल्म हेर्न स्पेसल शोमा हरिवंश आचार्य, दीपकराज गिरी, निर्मल शर्मा, मनोज गजुरेल, प्रेमराजा महत लगायत उपस्थित रहे । निर्देशक रायमाझीसहित कलाकारहरु प्रकाश सपुत, केकी अधिकारी र वर्षा सिवाकोटी पनि विशेष शोमा आकर्षण बने ।

फिल्म हेरेपछि मिडियासँग कुरा गर्दै हरिवंश आचार्यले फिल्मको युवापुस्तामा रहेको विदेश मोहलाई सचित्र प्रस्तुत गरेको बताए ।उनले फिल्म सन्देशमूलक बनेको भन्दै प्रशंसा गरे ।