काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । गत भदौं २३ गते सञ्चालन गरेको मावि तह अध्ययन अनुमतिपत्र लाइसेन्स को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको नतिजा अनुसार देशभरबाट परीक्षामा सहभागी परीक्षार्थीमध्ये आधाभन्दा बढी फेल भएका छन् ।
सातै प्रदेशबाट ४९ हजार १७० परीक्षार्थीले लाइसेन्स परीक्षा दिएका थिए । जसमा २४ हजार ३६६ जनाले मात्र उत्तिर्ण गरेका हुन् । जुन ४९।५५ प्रतिशत हुन आउँछ । आधाभन्दा बढी परीक्षार्थीले आयोगको लाइसेन्स परीक्षा पास गर्न सकेनन् ।
आयोगले तोकेको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रबाट परीक्षा दिएका, परीक्षा केन्द्रबाट कैफियत जनाई रद्द गर्ने भनि उल्लेख गरी आएका र परीक्षाको मर्यादा विपरित कार्य गरेको केही परीक्षार्थीको परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।
त्यस्तै वस्तुगत उत्तरपुस्तिकाको रोल नम्बर संकेत गर्ने गोलो घेरामा आफ्नो सही रोल नम्बर जनाउनका लागि मसी भर्दा गल्ती गरी गोलो घेरामा मसी भरेको, एक भन्दा बढी गोलामा मसी भरेको वा मसी नै नगरेको कारण रोल नम्बर यकिन हुन नसकेको अवस्थामा समेत त्यस्तो उम्मेदवारको उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ ।
शिक्षाबाट थप समाचार
कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ९१ हजार परीक्षार्थी
नयाँ शैक्षिक सत्रका लागि वैशाख २ गतेदेखि भर्ना अभियान शुरु
त्रिविले स्नातक तह दोस्रो वर्षको परीक्षा सर्यो
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने
भोलिदेखि शुरु हुने एसईईको सबै तयारी पूरा
नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
आज बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सन्तानलाई संस्कार कि सम्पत्ति
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८