TRENDING

इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना स्वदेश फर्किए

काठमाण्डौ । यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनाहरू स्वदेश फर्किएका छन् । असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको थियो । असोज १० गते काठमाण्डौ आइपुगेका पाहुनाहरू जात्रा सकिएसँगै स्वदेश फर्किएका हुन् ।

आमन्त्रित विदेशी अतिथि १६ वटा भगिनी सम्बन्ध र नौवटा अन्तर्राष्ट्रिय सङ्घसंस्था मध्ये यस वर्ष तीनवटा देश ९चीन, अमेरिका र दक्षिण कोरिया० का पाँचवटा नगर र एउटा संस्थाबाट प्रतिनिधि आएका थिए । यसमा चीनका छेन्दु, सियान, चान्चाउ र नान्जिन गरी चारवटा नगर र अमेरिकाको फेडरिसबर्ग नगरका प्रतिनिधि थिए । उनीहरु सबै स्वदेश फर्किसकेका छन् ।

त्यसैगरी काठमाण्डौ महानगरपालिकासँग सम्बन्ध भएका र जात्रा अवलोकन गर्न आएका स्वदेशी पाहुनाहरू पनि फर्किसकेका छन् ।