TRENDING

सेप्टेम्बरमा ९१ हजार पर्यटक नेपाल आए, ९ महिनामा ६ लाख ९२ हजार जना भित्रिए

काठमाण्डौ । सेप्टेम्बर महिनामा नेपालमा ९१ हजार जनाभन्दा धेरै पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक आएका छन् ।

सेप्टेम्बरमा सबैभन्दा धेरै भारतबाट २८ हजार ६ सय ९४ जना पर्यटक आएका छन् । यस्तै चीनबाट ८ हजार १ सय १७ जना, अमेरिकाबाट ७ हजार ३ सय ६४ जना, बङ्गलादेशबाट ३ हजार ७ सय १६ जना, अस्ट्रेलियाबाट ३ हजार ६ सय ८५ जना, बेलायतबाट ३ हजार ६ सय ४० जना र श्रीलङ्काबाट ३ हजार ११ जना पर्यटक नेपाल आएका छन् ।

यो अङ्ग्रेजी वर्षको नौ महिना अर्थात् जनवरीदेखि सेप्टेम्बरसम्म नेपालमा ६ ख ९२ हजार ३ सय ७२ जना पर्यटक नेपाल आएका छन् । कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ को तुलनामा यो सङ्ख्या नौ प्रतिशतले कमी हो ।