TRENDING

विद्यालय शिक्षा विधेयक संसदमा पेस

काठमाण्डौ । सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसदमा पेस गरेको गरेको छ । शिक्षामन्त्री अशोक राईले आज आइतवार विधेयक संसदमा पेस गर्नुभएको हो ।

विधेयकबारेमा फरक मत राख्दै नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का सांसद प्रेम सुवालले जिल्ला शिक्षा कार्यालय बिउँताउन खोज्नु गलत भएको बताउनुभयो । उहाँले आधारभूत र माध्यमिक शिक्षालाई पालिका मातहत नै राखिनुपर्ने माग पनि गर्नुभयो ।

शिक्षामन्त्री राईले विधेयकमा सरोकारवालाले राखेका केही माग समेटेको र शिक्षक आन्दोलन लगायतबाट आएका मागलाई संसदले समेट्ने बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी पनि गराउनुभएको छ । यस्तै उहाँले सुन तस्करीबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय समिति गठन र पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारेमा पनि संसद्लाई जानकारी गराउनुभयो ।