सोलुखुम्बु । सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को साउन महिनाको तुलनामा भदौ महिनामा यो क्षेत्र भमण गर्नेको सङ्ख्या ८४ दशमलव २९ प्रतिशतले वृद्धि भएको हो ।
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्क अनुसार साउनमा २ सय ८ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । तर भदौमा १ हजार ३ सय २५ जनाले सगरमाथा क्षेत्र भ्रमणका लागि भ्रमण अनुमति लिएका निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिनुभयो ।
भदौमा भ्रमण अनुमति लिनेमा १ हजार १ सय ५४ जना विदेशी र १ सय ७० जना नेपाली रहेका छन् । यसबाट ३२ लाख ६८ हजार ३ सय ८७ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले नेपालीलाई प्रवेश शुल्कबापत १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र अन्य विदेशी पर्यटकलाई तीन हजार रुपैयाँप्रति व्यक्ति राजश्वस्वरुप शुल्क अशुल्ने गरेको छ ।
खुम्बुमा वर्षको दुई सिजन चैत्र, वैशाख, जेठ र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । अहिले सिजन शुरु भएसँगै खुम्बुमा पर्यटक सङ्ख्या उत्साहजनक रुपमा वृद्धि भइरहेको छ । निकुञ्जले विदेशी पर्यटकबाट प्रति पर्यटक ३ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ भने सार्क देशका नागरिकबाट एक हजार ५ सय र एक पटक हेलिकप्टर अवतरण गरेबापत तीन हजार रुपैयाँ अवतरण शुल्क लिने गरेको सूचना अधिकारी मण्डलले बताउनुभयो ।
२०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुरा समेत छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ।
पर्यटनबाट थप समाचार
पर्यटकीय राजधानी घोषणापछि पोखराले गर्नुपर्ने काम
नेपालको पर्यटकीय राजधानी पोखरा अब
सगरमाथा आरोहीका लागि विद्युतीय चिप्स अनिवार्य
फेब्रुअरीमा ९७ हजार पर्यटक भित्रिए
तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने
आईपीएल क्रिकेटमा आज लखनउ र मुम्बई खेल्दै
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित
विदेशी लगानीकर्तालाई नेपालमा दोहोरो कर नलाग्ने
सार्वजनिक सम्पत्तिमा क्षति पुर्याए तिर्नुपर्ने
इलाममा अग्रता बढाउँदै एमाले
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८