TRENDING

सञ्चारकर्मी सनिता चेपाङको अभिनयमा रहेको म्युजिक भिडियो “ए सानु” सार्वजनिक

काठमाडौ । सञ्चारकर्मी सनिता चेपाङको अभिनयमा रहेको गित “ए सानु” सार्वजनिक भएको छ । गितको भिडियोमा चेपाङलाई कलाकार दिनेश मुस्कानले साथ दिएका छन् । यस्तै भिडियोमा बस्नेत जंग शकर र सुरज विश्वकर्मा लगायतको अभिनय छ । मठु गुरुङ र सम्झना लो तामाङको आवाजमा रहेको लोकगित “ए सानुुको भिडियोको निर्देशन पनि दिनेश मुस्कानकै रहेको छ ।

झविलाल थापा मगरको लय सब्द रहेको गीतलाइ कपिल आरके मगरको सँगित सँयोजन, मुर्चुङ्गा स्टुडियोमा रेकडिङ्ग र गोबिन्द ओलीको मिक्सिंग रहेको छ । भिडियो झविलाल थापा मगरको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको हो । भिडियोका मोडल सनिता चेपाङ रेडियो राजमार्ग र नागरिकपाटी डटकममा आवद्ध छिन् ।