TRENDING

नेपाल शिक्षक संघ निकट शिक्षकहरुले जलाए शिक्षा विधेयक

काठमाडौ । शिक्षा विधेयक २०८० शिक्षकहरुको हकहित विपरित भएको भन्दै शिक्षकहरु विधेयक जलाएका छन् । संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ नेपाल शिक्षक संघ धादिङ निकट शिक्षकहरुले जलाएका हुन् ।

२०२८ सालमा आएको शिक्षा ऐन भन्दा पनि नितान्त प्रतिगामी भएको भन्दै प्रस्तावित शिक्षा विधेयक फिर्ता गर्न माग गरेका हुन् । सरकार, सांसद, विभिन्न दलहरुसँग पटक पटक छलफल कुराकानी भएपनि आश्वासन मात्रै दिएको नेपाल शिक्षक संघ धादिङका अध्यक्ष देवी प्रसाद छत्कुलीले बताए । ‘सरकारसँग ५१ र ३० वुँदे सम्झौता गरेका थियौं । तर सम्झौता गरिएका ति मागहरु ऐनमा आएनन्, पुरानै ऐन यताउता गरेर ल्याइएको छ । जुन शिक्षकको हकहित विपरित छ,’ उनले भने ।