TRENDING

फिल्म ‘एक भगवत् गीता’ को नाम परिवर्तन हुने

काठमाडौँ । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ सम्बन्धी विवाद मिलेको छ । निर्माण युनिट र विवाद निम्त्याउने विभिन्न धार्मिक संगठनवीच आइतबार चलचित्र विकास बोर्डमा भएको सहमतिसँगै विवाद मिलेको हो ।

फिल्मको नाम ‘एक भगवत् गीता’ बाट ‘एक भागवत र एक गीता’ राख्ने र कथा सामाजिक राख्ने सहमति भएको चलचित्र विकास बोर्डले जनाएको छ । सहमतिसँगै फिल्मले सेन्सरका लागि सिफारिस समेत आजै पाउनेछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्का, कलाकार दीपकराज गिरी लगायतको उपस्थितिमा बोर्डमा धार्मिक सङ्घसंस्था निर्माण युनिटबीच सहमति भएको हो । विवाद मिलेपछि फिल्म २९ भदौबाट प्रदर्शन हुने पक्का भएको छ ।

केही दिन अगाडि बिभिन्न धार्मिक संस्थाहरुले चलचित्रको नाम ‘ एक भगवत् गीता’ राखेर धर्ममाथि प्रहार गरेको भन्दै नाम परिवर्तनको माग सहित फिल्म विरुद्ध बोर्डमा निवेदन दिएका थिए । धार्मिक संघ संस्थाको विरोधले बोर्डले सेन्सर सिफारिस रोकेको थियो ।