TRENDING

गौरी मल्ल अब गायिका

काठमाडौं । अभिनेत्री गौरी मल्ल अब गायिका बनेकी छन् । झण्डै तीन दशक लामो अभिनय करिअरको दौरानमा उनको परिचय अब संगीतकर्मीको रुपमा पनि अगाडि आएको छ ।

घरेलु फिल्मकी यी चर्चित अभिनेत्रीले आफ्नै कम्पोज, गायन र शब्दमा तीजको गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक गरेकी छन् । गौरी मल्ल युट्युब च्यानलबाट रिलिज भएको गीतको भिडियोमा गौरीसहित मिथिला शर्मा पनि फिचर्ड छिन् ।

गौरीको यो गीत आफ्नो भोगाइबाट प्रभावितजस्तो देखिन्छ ।