काठमाडौं । निखिल उप्रेती एक्सन अभिनेताको रुपमा दर्शकमाझ चर्चित छन् । साततले भवनबाट हामफालेका उनको कुनैबेलाको स्टन्टको चर्चा अहिले पनि हुने गर्छ । उनै निखिललाई लिएर यतिबेला नयाँ खबर छ ।
एक पड्कास्ट अन्तर्वार्तामा निखिलले नेपालीपन बोकेको सुपरहिरो फिल्म निर्माणको तयारीबारे खुलासा गरेका छन् । हलिउड स्टुडियो मार्वलले बनाउने सुपरहिरो फिल्मबाट आफू प्रभावित भएको र नेपालमा पनि यस्तै खाले सुपरहिरो फिल्मको परिकल्पना आफूले गरेको उप्रेतीले बताएका छन् ।
उनले भने, ‘म मार्वलबाट प्रभावित भएर फिल्म पनि बनाउँदैछु । बजेट ठूलै अवश्य हुन्छ । तर नेपाली फिल्म भनेर बाहिरको लागि पनि देखाउन सकौं न ।’ यो अनटाइटल फिल्मले नेपालीपन बोक्ने उनको भनाइ छ । नेपालको कथावस्तुलाई विश्वले हेरोस् भन्ने उद्देश्यले फिल्म बनाउन लागिएको उनले बताए ।
‘हाम्रो सुपरहिरो कस्तो होला रु कस्तो इनोसेन्ट होला । स्पाइरम्यानजस्तो त पक्कै नहोला,’ उनले भने । उक्त अन्तर्वार्तामा निखिलले यो फिल्ममा लगानी गर्न केही व्यक्तिले रुचि देखाएको र आफूले निर्देशन गर्न सक्ने संकेत गरेका छन् ।
मनोरञ्जनबाट थप समाचार
नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला
भक्तपुरमा ऐतिहासिक विस्केट जात्रा तयारी
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
दुबै सदको संघीय संसद् अन्तर्गत बैठक आज बस्दै
चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
हावा हुरी सहित वर्षाको सम्भावना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८