TRENDING

नारायण रायमाझी सांगीतिक साँझ २०८० को प्रोमो सार्वजनिक

काठमाडौं । संगीतकार तथा गायक नारायण रायमाझीको एकल सांगीतिक साँझको प्रोमो सार्वजनिक भएको छ । आगामी भदौ १५ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नारायण रायमाझी सांगीतिक साँझ २०८० आयोजना गर्न लागेको हो ।

ब्रोडकास्टिङ पार्टनरको रुपमा हिमालय टिभी एचडीले कार्यक्रमको प्रोमो सार्वजनिक गर्दै यसबारे जानकारी गराएको छ । कालजयी सिर्जना पस्किएका संगीतकार रायमाझीले सांगीतिक साँझमा आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन् । यो उनको पहिलो एकल सांगीतिक प्रस्तुति हुनेछ ।
सोही कार्यक्रबाट उनको आगामी निर्देशकीय कथानक फिल्म ‘परदेशी २’ को पनि प्रचार हुने जनाइएको छ । भदौ १५ गते दिउँसो १ बजेदेखि ७ बजेसम्म हुने कार्यक्रमको शीर्ष स्पोन्सरको रुपमा नेपाल टेलिकम छ ।

पाल्पाको माथागढी गाउँपालिका ४ मा सालमा जन्मिएका रायमाझी लोकगीत क्षेत्रमा अझै पनि सक्रिय छन् । पछिल्लो समय उनी फिल्म निर्देशनमा समेत व्यस्त छन् ।