TRENDING

नेपाली फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ आजदेखि हलमा

काठमाण्डौ । आजदेखि दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा आएका छन् ।

अघिल्लो हप्ता कुनै नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्न चाहने दर्शकले दुई फरक विधालाई रोज्न पाउने छन् । गणेशदेव पाण्डेले निर्देशन गरेको चलचित्र ‘जुलेबी’मा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् ।

लेखक तथा निर्देशक पाण्डेले सात पात्रको सम्बन्धको वरिपरि घुमेको कथामा जीवनको भोगाइबाट उत्पन्न परिस्थितिलाई चित्रण गरिएको बताए । ुचार महिला पात्रको संवेदना, चाहना र भोगाइलाई चलचित्रमा प्रस्तुत गरिएको छु, उनले भने ।