TRENDING

१६ वर्ष मुनिका दर्शकले ‘जुलेबी’ हेर्न नपाउने

काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहीबार फिल्मलाई एडल्ट प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो । यो प्रमाण पत्रसँगै फिल्म १६ वर्ष मुनिकालाई हेर्न बन्देज लागेको छ ।

रत्नपार्कको वरिपरि रहने यौनकर्मीको कथामा बनेको फिल्मका कार्यकारी निर्माता नवीन भट्ट हुन् । एन्थोलोजी जनरामा बनेको फिल्ममा गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् ।

फोरक्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षित लगायतको अभिनय छ ।

फिल्मकी निर्मात्री आभा शर्मा नेपाल हुन् । निर्देशक पाण्डे स्वयंको लेखन रहेको फिल्मको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ ।