TRENDING

चर्चित गायक अरिजीत सिंह मंसिर ९ मा नेपाल आउँदै

काठमाडौँ । चर्चित भारतीय गायक अरिजीत सिंह नेपाल आउने भएका छन् । गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले आयोजना गर्ने अरिजीत सिंह लाइभ इन नेपालुका लागि उनी मंसिर ९ मा नेपाल आउनेछन् ।

हायात ग्राउन्डमा हुने लाइभ कार्यक्रममा अरिजीत नेपाली प्रशंसकहरूबीच गुञ्जने छन् । सिंहका थुप्रै गीतहरु चर्चित छन् ।
ुअगर तुम साथ होु, कबिराु, तु हे तो मुझेु, केसरिया तेराु, झुमे जो पठानु, खैरियतु, अपना बनालेुलगायत उनका थुप्रै गीत चर्चित छन् । एमएन प्रोडक्सनका निर्देशक निल विक्रम शाहीले आफूहरुका लागि यो कार्यक्रम अपेक्षित र ऐतिहासिक रहेको बताए ।

ुसंगीत मन पराउने दर्शकलाई विश्वकै तेस्रो स्ट्रिमिङमा पर्ने गायकलाई ल्याउँदैछौं भन्ने जानकारी गराउन पाउँदा खुसी छौं, उनले भने ।

अरिजीतले कार्यक्रममा ३र४ घन्टा प्रस्तुति दिनेछन् । मोबाइल वालेट खल्तीुका विनय खड्काले पनि गराज र एमएनको यो कार्यक्रमसँग आबद्ध हुँदा खुसी व्यक्त गरेका छन् । ुअरिजीत सिंहलाई नेपाल ल्याउने भनेर ८र९ वटा इभेन्ट अर्गनाइजर आाइपुग्नु भएको थियो । सुरुमा आउने गराज थियो र यसलाई सफल बनाउने पनि यही बन्यो, उनले भने, खल्तीले विगत ७ वर्षदेखि मनोरञ्जन, इभेन्ट कार्यक्रममा सहकार्य गर्दैआएको छ।ु