TRENDING

सङ्गीतकार शम्भुजित बास्कोटाको ‘यो तीजमा नजाने माइती’ बजारमा

काठमाण्डौ । सङ्गीतकार शम्भुजित बास्कोटाको रचना तथा सङ्गीत र गायिका मञ्जु थापाको स्वरमा रहेको तीज गीत ‘यो तीजमा नजाने माइती’ काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ।

नायिकाहरू शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढुङ्गाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, राकेश खड्कालगायतको अभिनय रहेको छ। गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन र कोरियोग्राफी गर्नुभएको छ।

कार्यक्रममा गायिका थापाले टिमको मेहनतका कारण गीत र भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको थियो।

आफूले एउटा तीजमा एउटा मात्रै गीत गर्ने गरेको बताउँदै यो वर्ष पनि भिन्न गीत रोजेको सङ्गीतकार बास्कोटाले बताउनुभयो। सुप्रिम पराजुलीको सम्पादन एवं कलर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले छायाङ्कन गर्नुभएको हो।