TRENDING

चन्दु चन्दनू बजारमा

काठमाण्डौ । धार्मिक आस्था र बिचारमा आफ्ना जिबन समर्पित गरेका लोकप्रिय गायक तथा सर्जक सरोज ढकालले भर्खरै मात्र लोक दोहोरी गीत चन्दु चन्दनू सार्बजनिक गरेका छन् । उनको यस गीत भन्दा पहिले रुमाल खल्तीमाू बोलको गीत सार्बजनिक गरेका थिए । व्यवसायिकताको नाममा आफ्नै कला संस्कृति र मौलिकताबाट अलग हुन नहुने मान्यता राख्ने ढकालले अहिले सम्म थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् ।

कर्म गर्ने तर फलको आशा नराख्ने उनि पछिल्लो समय आयोजना भैरहेको अवार्ड तथा सम्मानहरुलाई खासै बिश्वास गर्दैनन् । साथै आफुलाई अवार्ड चाहियो भनेर आयोजकको पछी नलाग्ने पनि उनि बताउँछन् । ढकाल भन्छन् , मेरो लागि श्रोता दर्शकहरुको माया नै अवार्ड हो ।

सरोज ढकालको भर्खरै सार्बजनिक भएको गीतलाई किरण गौतमले लेखेका हुन् भने लय ढकाल कै रहेको छ । सरोज ढकाल र शारदा रसाइली द्वारा स्वर बद्ध गीतमा एक युवती, अर्का युवाको रुपको मोहमा फसेको भाव समाबेश गरिएको छ । यस गीतको म्युजिक भिडियोमा राजु सापकोटा र आयुष्मा कार्कीको लोभ लाग्दो अभिनय देख्न सकिन्छ ।