TRENDING

आगामी २६ भदौदेखि नाडा अटो शो हुने, बुकिङ खुला

काठमाडौं । यस वर्षको नाडा अटो शो २६–३१ भदौसम्म काठमाडौंमा आयोजना हुने भएको छ । अटो शो आयोजना गर्दै आएको नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालले मंगलबार यसबारे जानकारी दिएको हो ।

काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने शोका लागि आयोजकले बुकिङ समेत खुला गरिसकेको जनाएको छ ।
‘नाडा अटो शो २०२३’ मा विद्युतीय लगायतका चार पाङ्‍ग्रे, तीन पाङ्‍ग्रे र दुई पाङ्‍ग्रे सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायर(ट्यूब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणहरु राखिने छन् ।

एसोसिएसनका महासचिव सुरेन्द्रकुमार उप्रेतीकाअनुसार प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघसंस्थाहरु समेतको सहभागिता रहने छ ।