TRENDING

‘जवान’ रिलिजसँगै दीपकराज गिरीले मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने

काठमाडौं । अभिनेता दीपकराज गिरीले आगामी भदौ २१ गतेदेखि मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याउने भएका छन् । शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’ रिलिजसँगै नयाँ बानेश्वरको बानेश्वरमा मलस्थित हललाई औपचारिक रुपमा सञ्चालनमा ल्याउने उनले निधो गरेका हुन् । ‘जवान’ रिलिजको दुई साताअघि ‘सफ्ट–लन्च’ गर्ने तयारी छ ।

हल सञ्चालक तथा अभिनेता गिरीले ‘जवान’ स्क्रिनिङसँगै मल्टिप्लेक्स चल्ने र त्यसको दुई साताअघि सफ्ट–लन्चको तयारी भइरहेको बताए । हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गर्दैछ ।