TRENDING

नाइट क्लब चलाउँदै सुप्रिया

काठमाडौँ । काम र आरामपछि मानिसहरूले के खोज्लान् रु दुई मत छैन, मनोरञ्जन । तर हरेक मानिसले मनोरञ्जन लिने तौरतरिका भने उनीहरूको स्वभावअनुसार फरक–फरक हुन्छ ।

धनीदेखि गरिब अनि गाउँदेखि सहर मनोरञ्जन गर्ने स्थान पनि अलग–अलग  सहरी क्षेत्रमा भने पछिल्लो समय मनोरञ्जनका लागि प्रमुख गन्तव्य बनेको छ, नाइटलाइफ । पब, डिस्को, डान्स, दोहोरी साँझ र नाइट क्लबमा संगीतमा झुम्ने र विभिन्न ड्रिङ्सको चुस्कीमा रमाउनेको संख्या ह्वात्तै बढेको छ । अझ तन्नेरी पुस्तामाझ त यो कल्चरकै रूपमा विकसित हुँदै गइरहेको छ ।

यही रात्रिकालीन जीवनमा रमाउनेहरूका लागि पछिल्लो समय आकर्षक गन्तव्य बनेको छ, ठमेलको शेर भवनमा रहेको ‘गाँस बास को’ । र, सञ्चालक हुन् सुप्रिया कुँवर । खासमा गाँस बास को ‘थ्री इन वान’ हो । अर्थात् क्लब सपर, रेस्टुराँ र होटल । ‘ठमेलमा जता गए पनि रात्रिकालीन व्यवसाय उस्तै उस्तै लाग्ने,’ उनी भन्छिन्, ‘त्यसैले नाइटलाइफमै केही फरक गरौं भने सोचले जन्मिएको हो– गाँस बास को ।’