TRENDING

अभिनेता तथा रकगायक रविन तामाङको निधन

काठमाण्डौ । नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । हिजो बेलुका बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमती चिस्यानीमा रहेको आफ्नै घरमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

तामाङ घरको कोठाभित्र मृत भेटिनु भएको हो । उहाँको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका उहाँ पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त हुनुहुन्थ्यो ।

‘जय पशुराम’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’लगायत चलचित्रमा उहाँले अभिनय गर्नु भएको थियो । उहाँको चिसो चिसो हावामा, केटाकेटीलगायत गीत चर्चित छन् ।