TRENDING

प्रतिमहिना औसत पर्यटक आगमन ७९ हजार नाघ्यो, अपेक्षा अनुसार बढेनन् चिनियाँ

काठमाडौं । नेपालमा प्रतिमहिना पर्यटक आगमन औसतमा ७९ हजार नाघेको छ ।नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ६ महिनाको अवधिमा कुल पर्यटक आगमन ४ लाख ७६ हजार ४८१ जना पुगेको छ । यस अनुसार नेपालमा प्रतिमहिना ७९ हजार ४१३ जना पर्यटक नेपाल आएका छन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जुन महिनामा मात्र ७२ हजार २५० जना पर्यटक नेपाल आएका छन् । सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य बजेटमार्फत राखेको छ । आगमनको वर्तमान ट्रेण्डले भने सो लक्ष्य पूरा गर्न चुनौतीपूर्ण हुने देखिएको छ ।