TRENDING

लघु चलचित्र पासो २ सार्वजनिक, कस्तो छ कथावस्तु

काठमाडौ । नेपाली लघु चलचित्र पासो २ सार्वजनिक भएको छ । सानिआमाले सौताको छोरालाई गरिने व्यवहार समेटिएको चलचित्र पासो अस्मित टि भि युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

समाजमा रहेका सबै मान्छेहरुको सोच एउटै हुँदैन । त्यस्तै यस लघु चलचित्र पासोले पनी समाजमा रहेको तितो यथार्थलाई नै चित्रण गरेको छ । यस चलचित्रमा आमा पात्रले सौतेनी आमा अर्थात सानि आमाको भुमिका निभाएकि छिन् भने कान्छा पात्रले सौतेनि छोरोको भुमिका निर्वाह गरेका छन् ।

सौतेनी आमाले आफ्नो गर्भवाट कुनै सन्तान नजन्मिएपछी सौताको भएको एक्लो छोरालाई पनी मारेर सारा जायजेथा आफ्नो हातमा पार्नको लागी षड्यन्त्र रचीरहेकी हुन्छिन् । त्यसैमाथि झन् पात्र कान्छाले आफ्ना आमाबाबु सबैलाई गुमाएर मर्न लागेकी पात्र सनितालाई बचाएर आफ्नो घरमा लिएर आएका हुन्छन् ।

झन् कान्छि आमाको रिस आगोमा घिउ थपेको जस्तै बढि हुन्छ । कान्छाले सनितालाई बैनि मानेका हुन्छन् तरपनी सौतेनी आमा भने दाजुबहिनी नसोचीकन अनेक षड्यन्त्र गरेर घरबाट निकाल्ने दाउ गरीरहेकै हुन्छिन् । त्यसैमाथि छिमेकि पात्र रश्मिले पैसाकै लागी भएपनी साथ दिन्छिन् ।

दाजुबहीनीलाई चिया खुवाउने क्रममा बेहोश गराई नराम्रो हर्कत गरेको जस्तो बनाई भिडियो खिचेर सार्वजनिक गर्छिन् । गाउँभरी त्यहि नराम्रो भिडियोको चर्चा हुन्छ, तर बाबा लगायत गाउँका केही दाईहरुले भने कान्छो चरीत्रबारे त्यस्तो नराम्रो सोच्न पनि सक्दैनन् र कान्छाको साथ दिईरहन्छन् । भनिन्छ, झुटको खेती केहीबेरको मात्रै फाईदाको लागी हो तर अन्त्यमा जित सत्यको नै हुन्छ । कान्छाले सत्यताको खाजी गर्दै गएपछी अन्तत सत्यता पत्ता लगाएरै छाड्छन् ।