TRENDING

डीएसपीको नेतृत्वमा नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तर्कराज पाण्डेयको नेतृत्वमा प्रहरीले नेपाल–चीन सीमा नम्बर १ पिल्लरको निरीक्षण गरेको छ ।

गएको शनिवार दार्चुलाका प्रहरी प्रमुख एवम् ९डीएसपी० पाण्डेयको नेतृत्वमा नेपाल–चीन सीमा स्तम्भ नम्बर १ मा प्रहरी टोली पुगेर फर्किएको प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ९इन्स्पेक्टर० ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

यसअघि गएको जेठ २१ गते सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न १ नम्बर पिल्लर पुगेको नेपाल प्रहरी पुनः शनिवार दोस्रो चोटि त्यहाँ पुगेको हो । डीएसपी पाण्डेयले व्यास गाउँपालिका–१ तिङ्कर भञ्ज्याङमा रहेको १ नम्बर सीमा स्तम्भलगायत क्षेत्रको सुरक्षा स्थितिको जानकारी लिनुका साथै समयानुकूल गस्ती गर्न प्रहरीलाई निर्देशन दिनुभएको प्रहरीले जनाएको छ ।

डीएसपी पाण्डेयले प्रहरी चौकी सीतापुलको निर्माणाधीन भवन र इलाका प्रहरी कार्यालय तिङ्करको पनि अनुगमन, निरीक्षण गर्नुभएको बताइएको छ । १ नम्बर पिल्लर क्षेत्रमा अहिले बाक्लो हिँउका कारण नियमित गस्ती गर्न सकिने अवस्था नरहेको प्रहरी कार्यालयले जनाएको छ ।