TRENDING

मिस नेपालको ग्राण्ड फिनालेमा अभयाले ब्याण्डबिनै प्रस्तुति दिने

काठमाडौं । शनिबार आयोजना हुने मिस नेपाल २०२३ को ग्राण्ड फिनालेमा रकस्टार अभया सुब्बाले एकल प्रस्तुति दिने भएकी छन् । यो प्रस्तुतिलाई उनले दुर्लभ अवसर भएको बताएकी छन् ।

उनी लेख्छिन्, ‘मिस नेपालका लागि भोलि एकल प्रस्तुति दिनेछु । यो एक धेरै दुर्लभ अवसरमध्ये एक हो, जसमा म आफैं एक्लो प्रस्तुतिका लागि उपस्थित हुन सहमत छु ।’
अभयाले नयाँ आउने मिस नेपालका विजेतालाई शुभकामना समेत दिएकी छन् । द हिडन ट्रेजरले ग्राण्ड फिनालेमा दुईवटा मनोरञ्जन राउण्ड प्रस्तुत हुने जनाएको छ, जसमा गायनसँगै नृत्य पनि राखिएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा हुने फिनालेमा अभयाले कुन गीत प्रस्तुति गर्नेछिन्, त्यो चाहिं खुलाइएको छैन ।

अभया एण्ड द स्टिम इन्जन्स ब्यान्डमार्फत गाउँदै आएकी सुब्बाको यो दुर्लभ एकल प्रस्तुति हुनेछु । यो कुरा उनी स्वयमले खुलाएकी छन् । गत डिसेम्बरमा अभयाले ‘आज किन’ गीत सार्वजनिक गरेकी थिइन् । रेट्रो जनराको उक्त गीतमार्फत आफूले कोभिड–१९ महामारीले सिर्जना गरेको परिस्थितिबाट सामान्य जीवनतर्फ फर्किएको सन्देश दिन प्रयत्न गरेको उनले बताएकी थिइन् ।