TRENDING

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ मा

हेटौंडा। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।

प्रदेशसभाको आज (बिहीबार) को बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो ।

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गर्नुभयो । रासस