TRENDING

सर्वोच्च शिखरमा एकै दिन १७५ जनाभन्दा बढी

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथातर्फ बुधबार बिहान उक्लिरहेका आरोहीको लस्कर ९हेलिकोप्टरबाट लिइएको तस्बिर० । बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन् । एकैदिन सगरमाथामा धेरै जनाले भने सन् २०१९ को मे २३ मा आरोहण गरेका थिए । उक्त दिन ३५४ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।

विश्व कीर्तिमानी कामीरिता शेर्पाले पनि बुधबारै आफ्नो रेकर्ड तोड्दै २७ औं पटक सगरमाथा आरोहण गरेका छन् । यो सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका १ हजार १ सय ७६ जनाले अनुमति लिएका छन् ।

जसमा ८ सय ९९ पुरुष र २ सय ७७ महिला छन् । पर्यटन विभागका अनुसार, वैशाख ३१ सम्म सगरमाथा आरोहणका लागि ४ सय ७८ जनाले अनुमति लिएका थिए । विभागले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख सलामी दस्तुरबापत राजस्व संकलन गरिसकेको छ ।