TRENDING

बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कम, गण्डकीको धेरै

काठमाडौं । चालु आर्थिक वर्षमा बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । कुल गार्हस्थ उत्पादन जीडीपी को आकार सबैभन्दा ठूलो रहेको बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा न्यून हुने देखिएको हो ।

चालु आर्थिक वर्ष आव मा बागमती प्रदेशको आर्थिक वृद्धिदर १।४ प्रतिशत रहेन अनुमान तथ्यांक कार्यालयले गरेको छ । प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा कुल १९ खर्ब ८१ अर्ब ३३ करोड पुग्ने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा गण्डकी प्रदेशपछिको दोस्रो धेरै ६।३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको बागमती प्रदेशमा चालु आवमा सबैभन्दा कम आर्थिक वृद्धिदर हुने भएको छ । प्रदेशको अर्थतन्त्रमा ठूलो हिस्सा रहेको थोक तथा खुद्रा व्यापार नै तथा निमार्ण क्षेत्रको वृद्धिदर नै प्रभावित हुँदा बागमती प्रदेशको आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सबैभन्दा धेरै घटेको हो ।