TRENDING

पर्यटकले भरिए खुम्बु क्षेत्रका होटल, बास बस्ने ठाउँको अभाव

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका पर्यटकका कारण होटलहरू भरिभराउ भएका छन् ।

वसन्त र शरद गरी दुई ऋतुमा पर्यटकीय सिजन मानिने खुम्बुमा वसन्त ऋतुमा पर्वतारोहीको आगमन बढी हुन्छ । यस वर्ष सगरमाथासहितका हिमाल आरोहीको सङ्ख्या बढेकोले खुम्बुमा होटलहरू पनि भरिभराउ भएका हुन् ।

सगरमाथा आधार शिविर जाने बाटोमा होटल, लजहरू रहे पनि लोबुचे र गोरक्सेप क्षेत्रमा ठाउँको अभाव रहेको पर्यटक भरिया मिलन राईले बताउनुभयो । पदयात्री तथा पर्वतारोहीसँगै उनीहरूका पथप्रदर्शक तथा भरियाहरूको सङ्ख्या धेरै हुने भएकाले बासको व्यवस्थापनका कठिन हुने होटल व्यवसायीहरू बताउँछन् ।