TRENDING

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहणमा कठिनाइ

सोलुखुम्बु । यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौँ आरोही प्रतिक्षारत छन् । तर मौसम अनुकूल नहुँदा आरोहण हुन सकेको छैन।

सगरमाथा आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर० ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन् । तर, झण्डै दुई हप्तादेखि सगरमाथाको आधार शिविर र आसपासका क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन ।

आइसफल डाक्टरले सगरमाथाको साउथ कोल ९चौथो शिविर० सम्म बाटो बनाइसकेका छन् । उनीहरुले चुचुरोसम्म रोप फिक्सिङ ९डोरी टाँग्ने काम० गरेपछि मात्रै सगरमाथा आरोहण सुरु हुन्छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावले एक हप्तादेखि बिग्रिएको मौसम शुक्रवारदेखि क्रमिक रुपमा सुधार आएको छ । दुई दिनदेखि काठमाण्डौसहित देशभरको आकाश खुलेर चर्को घाम लागेको छ । देशभरको मौसममा सुधार आए पनि आरोहणको सङ्घारमा बिग्रिएको सगरमाथा क्षेत्रको मौसममा अझै सुधार आएको छैन ।

वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहनुभएका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीव्र वेगको हावा चलिरहेको छ । यस क्षेत्रमा मे ३ तारिखदेखि बिग्रिएको मौसम अझै सुधारमा आउन नसकेको हो ।