TRENDING

धादिङ क्षेत्र नं –१ मा राजेन्द्र पाण्डे विजयी

धादिङ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे विजयी भएका छन् ।

नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेश सरकारका मुख्यमन्त्री समेत रहनुभएका पाण्डेले नेकपा एमालेका उम्मेदवार भुमि प्रसाद त्रिपाठीलाई सात हजार नौं सय ८१ मत अन्तरले पराजित गराएका हुन् ।

प्रारम्भिक मत परिणाम अनुसार पाण्डेले ३५ हजार नौं सय ३४ मत पाए भने एमालेका त्रिपाठीले २७ हजार नौं सय ५३ मत प्राप्त गरे ।

एमालेबाट छुट्टिएर नेकपा एसमा लाग्नुपूर्व पाण्डेले यसै क्षेत्रमा एमालेबाट पटक पटक निर्वाचित भएका थिए । अहिले पराजित भएका त्रिपाठीले २०७० काे संविधानसभा निर्वाचनमा पाण्डेकाे निर्वाचनकाे कमाण्ड सम्हालेका थिए । २०७४ काे निर्वाचनमा भने त्रिपाठी प्रतिनिधिसभामा र पाण्डे प्रदेशसभामा निर्वाचित भएका थिए ।