TRENDING

काठमाडौं १ मा गठबन्धनले नै जित हासिल गर्ने प्रकाशमान सिंहको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हासिल गर्ने दाबी गरेका छन् । शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उनले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको बताए।

उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढिरहेको पनि उल्लेख गरे । उनले संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको बताए । नेता सिंहले आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने दाबी गरे ।

उनले आम मतदाताले विगतमा र अहिलेको शासन पद्धतिमा फरक के छ भन्ने प्रश्न गरिरहेको बताउँदै त्यसलाई सम्बोधन गर्न बिरलिएका मुद्दाहरुमा तीन तहकै सरकारले पूर्ण रुपमा काम गर्न पाउने काम गर्न चाहेको बताए । उनले केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के हो रु भन्नेकुरा जनताले महसुस हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए ।

नेता सिंहले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं १ मा स्वच्छ खानेपानी, शिक्षाको गुणस्तरमा सुधार र निःशुल्क र गुणस्तर स्वास्थ्य प्रणालीको विकास गर्न आम मतदाताहरुले माग गरेको भन्दै त्यसलाई पूरा गर्ने बताए ।नेता सिंहको घरदैलो कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि भोट माग्नका लागि सहभागी बनेका थिए ।