TRENDING

‘महापुरुष’ को दश दिनको कमाई ६ करोड

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा एकदमै राम्रो कमाइ गरिरहेको छ । निर्माताको अनुसार फिल्मले दश दिनमा साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरिसकेको छ ।

फिल्ममा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । तयस्तै, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराईलीलगायतको पनि अभिनय रहेको छ ।

षट्कोण आर्टस्को ब्यानरमा निर्माण भए यस फिल्मको निर्देशक प्रदिप भट्टराई रहेका छन् । यो उनको चौथो फिल्म हो । फिल्मको कथालाई उनले नै लेखेका छन् ।